मकवानपुरमा लकडाउन थप कडा बनाइने

नेपालखोज २०७७ वैशाख २३ गते १६:३९

मकवानपुर । मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ ।

सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

अत्यावश्यक अवस्थामाबाहेक कसैलाई पनि हिँडडुल गर्न नदिइने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया