नेपालगन्जमा डब्ल्युएचओसहितको टोलीले थाल्यो कन्ट्याक्ट ट्रेसिङ

नेपालखोज २०७७ वैशाख २४ गते १३:३१

बाँके । एउटै बस्तीका २३ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०को स्वास्थ्यकर्मीसहितको टोलीले बाँकेको नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ ९संक्रमितको सम्पर्कमा आएकाको खोजी० थालेको छ।

“एउटै बस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको दायरा बढाइएको छ,” जिल्ला प्रशासन कार्यालय, बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले भने।

उनले हिजोदेखि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको व्यापक रूपमा खोजी ९कन्ट्याक्ट ट्रेसिङ० भइरहेको जानकारी दिए। “हिजो मात्रै ६० जनाको स्वाब संकलन गरेका छौं,” उनले भने, “आज पनि कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलगायत हुनेछ।”

गत शुक्रबार नेपालगन्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यहाँ स्थानीय स्वास्थ्यकर्मीसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरेको थियो।

सूचना अधिकारी उपाध्यायका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट ९० जनाको पहिचान भएकोमा सबैको स्वाब परीक्षण गरिएको थियो। तीमध्ये २२ जनालाई कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया