प्रदेश ५ सरकारद्वारा कोरोना परीक्षण किट र पीपीई माग
नेपालखोज
२०७७ वैशाख २४ गते १४:२८
रुपन्देही । प्रदेश ५ सरकारले कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ ।
कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को बुधबार आज बसेको वैठकले नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधी माग गरेको हो ।
बैठकले यी सामग्री उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ । बाँकेको नेपालगञ्जमा मात्रै २३ जना र रुपन्देहीमा एकजनामा कोरोना संक्रमित पुष्टि भएपछि प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
वैठकले नेपाल–भारत सीमामा थप जनशक्ति परिचालन र सुरक्षाकर्मीलाई आवश्यक सामग्री व्यवस्था गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया