६ जना कोरोना संक्रमित डिस्चार्ज
नेपालखोज
२०७७ वैशाख २४ गते १४:५२
विराटनगरस्थित कोसी कोबिड १९ अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।
दुई साता बढीको अस्पताल बसाईपछि उनीहरु निको भएर डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई एक साता विराटगनर १४ स्थित रानी मस्जिदमा क्वारेन्टाइनमा राखिएको छ । कोरोना जितेका ३०, २९, २८, २१, ३४ र २६ वर्ष रहेका छन् ।
दुई साताको अस्पताल बसाईमा उपचारमा संलग्न चिकित्सकको सहयोगी व्यवहार र उनीहरुको प्रेरणाले आफूहरु चाँडै स्वास्थ्य हुन आत्माबल मिलेको बताएका छन् ।
अहिले विराटनगरको कोरोना अस्पतालमा २५ जना उपचाररत छन । दुईजना झापा र एक जना भोजपुरका रहेका छन अन्य सबै उदयपुर र विराटनगरका रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया