शुक्रबार, वैशाख १४, २०८१

सिभिल बैंक : अझै बलियो, अझै सवल

कोभिड–१९ विश्वमहामारीमा पनि वित्तीय परिसूचकहरू सकारात्मक

नेपालखोज २०७८ असार २७ गते ११:११

काठमाडौं । कोभिड १९ को विश्वमहामारीमा पनि सिभिल बैंकले आफ्नो वित्तीय परिसूचकहरूलाई चुुस्त–दुुरुस्त राख्न सफल भएको छ । अध्यक्ष इच्छाराज तामाङसहितको सञ्चालक समिति र बैंकको व्यवस्थापकीय समूहको ठोस र प्रभावकारी कार्यले गर्दा नै बैंकले महामारी र यसबाट सिर्जित असहज आर्थिक अवस्थामा पनि आफ्ना वित्तीय परिसूचकहरूलाई सकारात्मक राख्न सफल भएको हो ।

नेपाली बैंकिङ क्षेत्रमा हाल २७ वटा वाणिज्य बैंक रहेकामा सिभिल बैंक अन्य बैंकहरूको तुुलनामा निकै नै पछाडि सञ्चालनमा आएको हो । अर्थात् सिभिल बैंक नेपाली बैंकिङ क्षेत्रमा लगभग कान्छो बैंकका रूपमा छ । तर बैंकको देशव्यापी पहुँच, सिंगो वित्तीय अवस्था एवं परिसूचक, बैंकले पुर्याएको वित्तीय सेवा, मुलुकको राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान, आफ्ना सेयरधनीहरूलाई दिएको प्रतिफल आदि सबैले गर्दा सिभिल बैंकलाई नेपालको ठूलो बैंक, सक्षम र सवल बैंक भन्नका लागि कुुनै कन्जुस्याइँ गर्नुपर्ने अवस्था छैन ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैकको ऐन–नियम र परिधिमा रहेर बैंकले वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । सिभिल बैंकमा वित्तीय सुशासन निकै बलियो छ । त्यही भएर पनि बैंकले छोटो समयमै आमनेपाली ग्राहकको मन जित्न सफल भएको हो । त्यसैले सिभिल बैंक सबै नेपालीको साझा बैंकका रूपमा स्थापित भएको हो । झन्डै नौ अर्ब रुपैयाँ चुक्ता पुँजी, ८५ अर्ब २५ करोड निक्षेप र ७७ अर्ब ३६ करोड कर्जा रहेको सिभिलले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५० करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरिसकेको छ । यस अवधिमा कुुल कर्जाको एक दशमलव १३ प्रतिशत कर्जा मात्र निष्क्रिय रहेको बैंकले चालुु आर्थिक वर्षको यसअघिको दुई त्रैमासमा पनि सन्तोषजनक रूपमा मुनाफा आर्जन गरेको छ ।

यो मुनाफा र वित्तीय अवस्थाबाट बैंकका आमसेयरधनी निकै खुसी छन् । बैंकले कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि निष्क्रिय कर्जालाई नियन्त्रणमा राखी खुुद मुनाफा बढाउन सक्नुु सामान्य होइन । बैंकको यो असाधारण कार्यले आगामी समय राम्रो प्रतिफल प्राप्त गर्नेमा लगानीकर्ताहरू आशावादी छन् ।

बैंकमा हाल सञ्चालक समिति अध्यक्षका रूपमा इच्छाराज तामाङ छन् । प्र्रमुख कार्यकारी अधिकृतकका रूपमा सुनीलकुुमार पोखरेल छन् । यो समूहले सिंगो कर्मचारी परिवार, आमसेयरधनी, लगानीकर्ता, ग्राहक, शुभचिन्तक, नियमनकारी निकाय सबैको मन जित्दै निरन्तर प्रगतिको बाटो समातेको छ । जुन रोकिँदैन र रोकिने पनि छैन । अहिले सात प्रदेशका सबै जिल्लामा गरी एक सय २३ वटा बंैकका शाखा सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्यकामा ३० शाखा सञ्चालनमा छन् । उपत्यकाबाहिर ९३ शाखा सञ्चालनमा छन् । बैंकले आगामी समय आवश्यकता र महत्त्व समेतलाई ध्यानमा राखेर थप शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यस्तो छ, बैंकको चालु आवको तीनवटा त्रैमासको वित्तीय अवस्था (रकम रु. हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)

विवरणचुक्ता पुँजीनिक्षेपकर्जाखुद मुनाफानिष्क्रिय कर्जा
पहिलो त्रैमास८००३३९६६९४०१८७०५६९२७८१५९६६७८१.५०
दोस्रो त्रैमास८००३३९०७६८४०६२१६५८३१४०८२०२८८४१.७०
तेस्रो त्रैमास८६४३६६१८५२५४०८२७७३६४३४०५०२५५५१.१३
(स्रोत : सिभिल बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणहरू)

प्रतिक्रिया