सोमबार, असार १६, २०८२

प्रदेश नं २ मा दोस्रो चरणको राहत वितरण

नेपालखोज २०७७ वैशाख २५ गते ८:५८

धनुषा । प्रदेश नं २ सरकारले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घरपरिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण शुरु गरेको हो ।

प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गरेको राहत वितरण कार्यक्रमको बुधबार पर्यटनमन्त्री रामनरेश रायद्वारा प्रारम्भ गरिएको छ ।

प्रदेश सरकारले चामल २५ किलो, दाल, खानेतेल, नुन, सोयाबिन, हात तथा लुगा धुने साबुन राहत सामग्री वितरण गरेको छ । यसपटक वडामार्फत राहत सामग्री गरिब तथा विपन्न वर्गलाई प्रदान गर्ने प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रतिक्रिया