क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण
प्युठान । प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ । पताञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन शुरु गरेको हो । उनीहरुलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले बताए ।
प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेका व्यक्तिबाट शुरु गरिएको प्रशिक्षण झिमरुक गाउँपालिका मच्छीका क्वारेन्टाइन, मल्लरानी गाउँपालिका खलंगा, स्वर्गद्वारी नगरपालिका भिङ्ग्री र प्युठान नगरपालिकाका दुई स्थान दाखाक्वाडी र हरिखोला विद्यालयमा गरी जिल्लाका आठ स्थानमा दिइएको अध्यक्ष कक्षपतिले बताए । समितिले अन्य बाँकी स्थानीय तहमा पनि केन्द्रबाट अनुमति आएपछि प्रशिक्षण सञ्चालन गर्ने योजनामा रहेको उनले बताए ।
योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ । सामाजिक दूरी राखेर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइको छ ।
अरनिको आधारभूत विद्यालय प्युठान२ दाखाक्वाडी क्वारेन्टाइनमा काठमाडौँबाट आई क्वारेन्टाइनमा बसेका योग प्रशिक्षक बमवहादुर खड्काले योग प्रशिक्षण सञ्चालन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए।

प्रतिक्रिया