आज २५६४ औँ बुद्ध जयन्ती, घर–घरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

नेपालखोज २०७७ वैशाख २५ गते १३:२३

काठमाडौं । आज  बिहिबार वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्ती, भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

सरकारले बिहिबार आज बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । भने लुम्बिनीको मायादेबी मन्दिरमा सिमित ब्यक्तिहरुको सहभागितामा पूजापठा र २५ सय ६४ वटा दीप प्रज्वल गरिने लुम्बिनी विकास कोषका सचिव ज्ञानीन राईले बताए ।

यस्तै बुद्धजयन्तीका अवसर पारेर सरकारले आज घर–घरमा दीप प्रज्वलन गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया