लकडाउन प्रभावित २ सय ५० परिवारलाई राहत वितरण
नेपालखोज
२०७७ वैशाख २५ गते १९:०१
भोजपुर । कोरोना सङ्क्रमण बढन नदिनको लागि सुरु भएको लकडाउनको अवधि थपिँदै जाँदा भोजपुरमा मारमा परेका २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ ।
जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिला र वडा नम्बर २ तिवारीभञ्ज्याङका २ सय ५० परिवारलाई खाद्यन्न लगायतका राहत सामग्री वितरण गरिएको हो ।
शेर्पा कन्स्ट्रक्सनका सञ्चालकहरुले वडाका विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्नलगायतका सामग्री सहयोग गरेका हुन् ।
श्यामशिलाका १ सय २० परिवार र तिवारीभञ्ज्याङका १ सय ३० परिवारलाई सम्बन्धित वडामार्फत करिब ७ लाख बराबरको राहत सहयोग गरिएको स्ट्रक्सनका सञ्चालक फुर्तेम्बा शेर्पाले बताउनुभयो । प्रति परिवार २५ केजी चामल, २ पोका नुन र २ लिटर तेल वितरण गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया