थप संक्रमण फैलन नदिन वीरगन्जमा उच्च सतर्कता
नेपालखोज
२०७७ वैशाख २५ गते १९:०३
वीरगन्ज । एकै दिन एउटै परिवारका १७ जनामा कोरोनाको संक्रमण भेटिएपछि वीरगन्जमा आजदेखि थप सतर्कता अपनाइएको छ । वीरगन्ज–३ छपकैयामा हिँजो एउटै परिवारका १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
त्यसअघि गत आइतबार त्यही परिवारका ३६ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो । एउटै परिवारमा १८ जना संक्रमित भेटिएपछि थप संक्रमण फैलनबाट रोक्न वीरगन्ज महानगरका अधिकांश क्षेत्रमा सवारी साधन आवत जावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।
लकडाउनमा बिहान ११ देखि ३ बजेसम्म खुल्ने किराना पसलहरु पनि बन्द गरिएको छ । लकडाउनमा निश्चित समयका लागि खोलिने गरेका बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहेका छन् ।
आज बिहानैदेखि शहरको हरेक टोल र चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथ बढाउनुका साथै चेकजाचमा पनि थप कडाइ गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया