शनिबार, वैशाख २९, २०८१

नेहा कक्कड विश्वमै सर्वाधिक खोजी हुने गायिकाको सूचिमा

नेपालखोज २०७७ वैशाख २६ गते १६:३४

काठमाडौं । भारतीय गायिका नेहा कक्कड संसारमा सर्वाधिक खोजी हुने गायिकाको सूचिको दोस्रो स्थानमा परेकी छन् ।

संसारभर युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा नेहा दोस्रो नम्बरमा परेकी हुन्। उनले यसमा खुशी जनाउँदै इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएकी छिन् ।

यो सूचिमा नेहाभन्दा अगाडि अमेरिकर्न यापर कार्डी बी छिन्। हालै गरिएको सर्वेक्षणअनुसार कार्डी बीलाई चार अर्ब ८० करोड दर्शकले युट्युबमा सर्च गरेका छन् ।

 

त्यस्तै, नेहालाई चार अर्ब ५० करोड दर्शकले खोजेका छन्। यस सर्वेक्षणसँगै नेहाले विश्व चर्चित थुप्रै व्यक्तिलाई उछिनेकी छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन् ।

उनले अमेरिकन सिंगर अरिना ग्रान्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का, कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याक पिंकलगायत ठूला स्टारलाई पछाडि पारेकी हुन् ।

प्रतिक्रिया