आइतबार, वैशाख १६, २०८१

करण जोहरका आगामी चलचित्र

नेपालखोज २०८० जेठ ३० गते १८:५६

काठमाडाैं । सन् २०२३ मा बलिउड चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । शाहरुख खानको फिल्म ‘पठान’ ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाएको थियो । त्यसपछि अदा शर्माको फिल्म बक्स अफिसमा आउनेबित्तिकै हिट भयो। अदा शर्माको कम बजेटको फिल्मले बक्स अफिसमा २०० करोडभन्दा बढी कमाएको थियो । यी सबै पछि अब करण जोहर आफ्ना आधा दर्जन चलचित्र लिएर बक्स अफिसमा हंगामा मच्चाउन तयार छन ।

बलिउडका चर्चित फिल्ममेकर करण जोहर सधैं चर्चामा रहन्छन् । कहिले पार्टीमा उनको तस्विर भाइरल हुन्छ त कहिले उनको शो हेडलाइनमा आउँछ । यसबीच करण जोहर आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । एक रिपोर्ट अनुसार करण जोहरले ब्याक टू ब्याक ७ वटा फिल्म सार्वजनिक गर्न लागेका छन् । करण जोहरका यी फिल्म आगामी १२ महिनामा रिलिज हुँदैछन् । करण जोहरको फिल्मको लिस्टमा धेरै ठूला नाम समेत सामेल छन् ।

यो सूचीमा आलिया भट्ट र रणवीर सिंहको रकी और रानी की लव स्टोरीदेखि लिएर सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्ना स्टारर योद्धा सम्म समावेश छन्। यस बाहेक यो सुचिमा जान्हवी कपूर र राजकुमार राको फिल्म मिस्टर एण्ड मिसेस माही, विक्की कौशल र तृप्ति डिमरीको ‘मेरे मेहबूब कि सनम’को नाम पनि छ । सैफ अली खानका छोरा इब्राहिम अली खान पनि करण जोहरको फिल्ममा देखिने छन् । त्यसबाहेक पनि करणका अरु धेरै फिल्ममा काम भैरहेको छ ।

करण जोहरको फिल्म बक्स अफिससँगै ओटीटीमा पनि रिलिज हुन लागेको छ । सारा अली खानको ए वतन मेरे वतन अमेजन प्राइममा रिलिज हुने तयारीमा छ । यस बाहेक करण जोहरले अक्षय कुमारलाई लिएर पनि फिल्म बनाउने भएका छन् ।

प्रतिक्रिया