अझै स्वास्थ्य सामग्री अभाव हुनु लज्जास्पद

नेपालखोज २०७७ वैशाख २६ गते १९:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाभाइरस परीक्षणका लागि आवश्यक पर्ने किटसहित सोविरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री अझसम्म पनि अभाव हुनु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार आज संघीय संसदको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले यस्तो टिप्पणी गरेका हुन् ।

उहाँले समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मुल्य भन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य भएको बताउदै भ्रष्टाचारमा संलग्न दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कार्वाही गर्न माग समेत गरेँ ।

सभापति देउवाले श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायी देखि साना ब्यापारी हुँदै उद्योगी ब्यवसायी सम्मलाई विविध ढंगले राहत दिने वृहत्तर प्याकेज निर्माण, घोषणा र कार्यान्वयन यथासिघ्र गर्न सरकारसँग माग समेत गरेका छन् ।

प्रतिक्रिया