आजको दिन यस्तो गर्दा धार्मिक लाभ मिल्छ, यस्तो छ तपाईको आजको राशिफल
धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा लिन गरिएको छ । ब्रहमान्डलाई नौ ग्रहहरुको रूपमा वर्णित गरिएको छ ।
यी नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । हरेक साता शनिबारका दिन भगवान शनि तेल दान गर्ने परम्परा छ ।
यसो गर्नाले मानिसमा भएको साढे सात दशा नष्ट भएर जाने र ग्रहमा भएको संकट पनि टरेर जाने धार्मिक विश्वास रहि आएको छ । यस दिन विशेषगरी वृश्चिक, धनु र मकर राशि हुनेहरुले पुजा गर्दा विशेष लाभ मिल्छ भन्ने धार्मिक आस्था छ ।
साथै आजको दिनमा विशेषगरी पिपलको बोटमा पानी चढाउनाले पनि ग्रहदोस हराएर जाने विश्वास रहिआएको छ ।
यस्तो तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक र सांस्कृतिक र परोपकारमा मन जानेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ ।
प्रतिक्रिया