नेपाली भूमि अतिक्रमणको विरोधमा अनेरास्ववियूद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन
नेपालखोज
२०७७ वैशाख २७ गते १३:५२
काठमाडौं । भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा विद्यार्थीहरुले भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् ।
शनिबार आज विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् ।
त्यस क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ।
सम्बन्धित

प्रतिक्रिया