नयाँ नक्सा सार्वजनिक गर्न तयार छौं : भूमि मन्त्रालय
नेपालखोज
२०७७ वैशाख २८ गते १३:११
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनिक गर्न तयार रहेको बताएको छ ।
भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरे पनि नेपालले आफ्नो तर्फबाट केही गर्न नसकेको भनी आलोचना भइरहेका बेला मन्त्रालयले लिम्पियाधुरा (कालापानी र लिपुलेक) समेटिएको नक्सा सार्वजनिक गर्ने बताएको हो ।
भूमि मन्त्रालयका सचिव केदार न्यौपानेले लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो । तर, त्यसका लागि उचित वातावरण आवश्यक रहेको उनको भनाई छ ।
सीमा विवाद चर्किएपछि सरकारले गत मंसिर पहिलो हप्ता नेपाल–भारत र नेपाल–चीनको सीमा निरीक्षण गर्न समिति गठन गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया