सोमबार, असार ९, २०८२

भारतीय अतिक्रमणविरुद्ध आज पनि ठाउँठाउँमा प्रदर्शन

नेपालखोज २०७७ वैशाख २८ गते १३:३२

काठमाडौं । भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आजपनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।

लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनाजतिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया