धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको सभापतिमा स्ववियु सभापतिमा श्रेष्ठ निर्वाचित
नेपालखोज
२०७९ चैत ९ गते ११:४६

काठमाडाैं । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवि) का श्रेष्ठले ३६५ मत प्राप्त गरे ।
अध्यक्षका उम्मेद्वार अनेरास्ववियुका आमोश थापा तामाङले १६० मत ल्याए भने अनेरास्ववियु (क्रान्तिकारी) १२७ मत प्राप्त गरे । नीलकण्ठमा पूरै प्यानल नै नेविसंघका उमेदवारहरू विजयी भएका छन् । सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा सीता सापकोटा निर्वाचित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया