शुक्रबार, वैशाख १२, २०८२

चट्याङ लागेर गाई फर्ममा क्षति

नेपालखोज २०७७ वैशाख २८ गते १३:४३

अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क वडा नं १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए ।

आगलागीमा परी एउटा जर्सी गाई मरेको छ । नौ जर्सी गाई आगाले पोलेर घाइते भएका छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर रहेको उपचारमा संलग्न पशु प्राविधिक प्रदीप आचार्यले बताए । आगलागीबाट फर्ममा रहेका जेनेरेटर, कुटानी पिसानी मिललगायत यान्त्रिक सामग्रीसहित दानाको गोदाम, गाईभँैसीलाई खुवाउने पराल, खरलगायत फर्मका अन्य सामग्री जलेर नष्ट भएको फर्म सञ्चालक पाण्डेको भनाइ छ ।

प्रतिक्रिया