पुनः स्वाब सङ्कलन
नेपालखोज
२०७७ असार ५ गते १७:४४
सिरहा । कोरोना परीक्षणका लागि सिरहा नगरपालिका र अर्नामा गाउँपालिकाको क्वारेन्टिनबाट सङ्कलन गरिएका २४९ जनाको स्वाबको नमूना योग्य नरहेको भन्दै फिर्ता आएको छ ।
दुबै स्थानीय तहको क्वारेन्टिनमा बसेका ती स्वाब गत जेठ १७, १८ र १९ गतेमा सङ्कलन गरी परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको थियो ।
ती सबै स्वाबका लेबिङ्ग नभएकाले परीक्षण गर्न नसकिने भन्दै टेकुबाट फिर्ता आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया