दादुराको महामारी फैलिएका गाउँमा बृहत खोप अभियान
नेपालखोज
२०७७ वैशाख २८ गते १३:५८
धादिङ । दक्षिणी धादिङको विपन्न चेपाङ बस्तीमा लकडाउनको समयमा फैलिएको दादुराको महामारी नियन्त्रणमा लिन बृहत खोप अभियान चलाइएको छ ।
दादुराका कारण दुई बालबालिकाका मृत्यु भएको र एक सय ५० भन्दाबढी युवा तथा बालबालिका बिरामी भएपछि उक्त गाउँमा उच्च सतर्कता अपनाइएको हो । सरकारले गत चैत एक गतेदेखि देशव्यापी रूपमा दादुरा र रुबेलाको खोप अभियान सुरु गरेको थियो ।
धादिङको बेनीघाट रोराङमा पनि चैत दोस्रो साताबाट खोप अभियान सुरु गर्ने तयारी भइरहेका बेला कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले बेनीघाट लगायत जिल्लाभर नै खोप अभियान स्थगित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया