क्रिकेटलाई माथि उठाउन भारतको २ वटा राष्ट्रिय टिम बनाउने संकेत
नेपालखोज
२०७७ वैशाख २८ गते १४:३१
एजेन्सी । कोरोना भाइरसका कारण क्षतिग्रस्त बनेको क्रिकेटलाई माथि उठाउनका लागि भारतले २ वटा राष्ट्रिय टिम बनाउने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टेस्ट र एक दिवसीय टिम बनाउने तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।
यदि यस वर्षको आईपीएल क्रिकेट रद्द भएमा २८ सय करोड भारतीय रुपैयाँ नोक्सान हुने छ । अहिलेको अवस्थामा कहिले क्रिकेट शुरु हुने भन्ने अनिश्चित भएकाले नोक्सानको भरपाई गर्नका लागि २ टिम बनाउन उपयुक्त हुने बताइएको छ ।
बीसीसीआईका एक अधिकारीले दुई टिम बनाएर स्टेकहोल्डर तथा दर्शकहरुलाई बचाउनका लागि यो उपयुक्त विकल्प हुने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया