सीमा विवाद : सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’
नेपालखोज
२०७७ वैशाख २९ गते १४:४१
काठमाडौँ । सरकारले सीमा विवादबारे भारतलाई पत्र पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिदै कूटनीतिक नोटसमेत दिइएको छ । आज परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएका हुन्।
भेटमा नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेका परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।
भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया