सोमबार, असार ९, २०८२

नगरपालिकाद्वारा रेडियोबाट पढाइ शुरु

नेपालखोज २०७७ वैशाख ३० गते ८:२०

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ शुरु गरेको छ ।

बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित परेले यहाँका सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने बताइन् ।

जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँले बताए ।

अनलाइन अध्यापन कठिन
जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । यहाँ कुल सामुदायिक विद्यालय १७० छन् ।

प्रतिक्रिया