सरकारको नीति तथा कार्यक्रम २ जेठमा ल्याउने मन्त्रिपरिषद्को निर्णय
नेपालखोज
२०७७ वैशाख ३० गते १३:५२
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते अपराह्न चार बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने भने पनि मिति टुंगो लागेको थिएन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन् ।
सम्बन्धित

प्रतिक्रिया