लक डाउन कडाइ : हालसम्म जारी सबै पास रद्द, उपत्यकामा सरकारी कर्मचारीलाई समेत पास अनिर्वाय
टंककला तिमिल्सेना ,
काठमाडौँ । गृह मन्त्रालयले लक डाउनका समय प्रयोगमा आएका सबै किसिमका पास रद्द गरेको छ । मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको हो ।
देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले जोखिम बढेको भन्दै आज यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएसँगै काठमाडौँ उपत्यकासहित देशभर लकडाउन कडाइ गरिने मन्त्रालयले बताएको छ । लक डाउन यतिसम्म कडाई गरिने भएको छ की उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रतिक्रिया