सोमबार, असार ९, २०८२

म्यानपावर व्यवसायीले मागे ४ अर्ब ३१ करोड धरौटी फिर्ता

नेपालखोज २०७७ वैशाख ३१ गते ७:०२

काठमाडौं । म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् ।

कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् ।

अहिले वैदेशिक रोजगारीमा कामदार पठायन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया