कोरोना संक्रमित देखिएको ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल
नेपालखोज
२०७७ वैशाख ३१ गते १३:१५
ललितपुर । ललितपुरस्थित आरोग्य प्रतिष्ठानलाई प्रहरीले सिल गरेको छ । आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै एक २५ वर्षीय महिलालाई हिजो कोरोना संक्रमण पुष्टी भएपछि प्रहरीले आज निदान अस्पतलासँगै रहेको प्रतिष्ठानलाई सिल गरेको हो ।
लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् । तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो ।
टेस्टमा उनी पोजेटिभ देखिएपछि उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो ।
एम्बुलेन्स चालकको सम्पर्क प्रतिष्ठानकै अन्य कर्मचारीसँग पनि भएको कारण प्रतिष्ठानलाई पूरै सिल गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया