शैय्या अभाव भएपछि वीरगञ्जका १८ जना संक्रमित अस्पताल बाहिर
नेपालखोज
२०७७ वैशाख ३१ गते १५:३७
वीरगञ्ज । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा शैय्या अभाव भएपछि १८ जना कोरोना संक्रमितलाई अस्पतालबाहिर राखिएको छ ।
मंगलबार हिजो नै संक्रमण पुष्टि भएका उनिहरुलाई शैय्याको अभावका कारण अस्पताल लान नसकिएको हो ।
नरायणी अस्पताल स्रोतका अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड १९ का बिरामी उपचार गराइ रहेका छन् ।
बाँकी १८ जना अझैसम्म क्वारेण्टाइन स्थलमै छन् । देशभर २ सय १९ संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जका मात्र ५७ जना रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया