सोमबार, असार ९, २०८२

रुपन्देहीका सात स्थानीय तहमा निषेधाज्ञा

नेपालखोज २०७७ वैशाख ३१ गते १५:५१

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबार आजदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

हुलाकी राजमार्गदेखि दक्षिण तर्फका ७ स्थानीय तहमा जेठ ५ गतेसम्म आवगमन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासान कार्यालयका सूचना अधिकृत जनक थापाले जानकारी दिए ।

बैठकले भारतबाट स्वदेश फर्किन सीमा क्षेत्रमा आइपुगेका नेपालीहरुलाई राख्न रुपन्देहीका सबै पालिकाले एक हजार जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया