सोमबार, असार ९, २०८२

भारतबाट नेपाल फर्किने बढ्दै, बाँकेमा एकै दिन ३ सय जना भित्रिए

नेपालखोज २०७७ वैशाख ३१ गते १६:०६

बाँके । भारत सरकारले रेल सेवा सुचारु गरेसंगै त्यहाँबाट नेपालीहरु स्वदेश फर्किन थालेका छन् । बाँकेमा हिजो मात्रै भारतबाट करिब ३ सय जना नेपाल भित्रिएका छन् ।

उनिहरु दिल्ली र मुम्बईलगायत सहरबाट फर्किएका ३ सय नेपाली हिँजो बाँके आएका छन् । उनीहरूलाई नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले भारतबाट आएका तीन सय जनालाई गएराति नेपाल प्रवेश गराएर क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै भारतको श्रावस्ती जिल्लास्थित रिसियाको क्वारेन्टाइनबाट भागेर आएका तीन जनालाई भने छुट्टै राखिएको छ । उनीहरूको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।

नरैनापुरमा सात स्थानमा क्वारेन्टाइन बनाइएको छ । यसै गरी दैनिक रूपमा नेपालीहरू आउने हो भने क्वारेन्टाइनले धान्न नसक्ने पालिकाले जनाएको छ ।

लकडाउनपछि नेपालीहरू हिँडेरै भए पनि घर फर्किरहेकोमा भारतमा हिँजो रेल सेवा सुचारु भएपछि यसरी आउनेको संख्या अझै बढ्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया