सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सकियो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कोभिड–१९) सकेको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (कोभिड–१९) ८४ प्रतिशत सकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमुना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको कोभिड–१९ नेगेटिभ आएको छ। अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना र बागलुङमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ।
यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनीहरूको पनि नमुना परीक्षण गरिने उनले जानकारी दिए। बारामा निधन भएका एक जना दुर्घटनासम्बन्धि बिरामी भएको उनले बताए।

प्रतिक्रिया