आइतबार, जेठ ६, २०८१

धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा श्यया थप

नेपालखोज २०७७ जेठ १ गते १५:४९

बागलुङ । धवलागिरि अस्पतालले आइसोलेसनकक्षमा श्यया थपेको छ । आठलाई बढाएर १२ श्यया पु¥याइएको हो । दुई कोरोना सङ्क्रमितलाई निको बनाएको अस्पतालले सम्भावित जोखिमलाई दृष्टिगत गरी श्यया विस्तार गरेको हो ।

“सङ्क्रमित र शङ्कास्पद बिरामीका लागि अलग–अलग कक्ष छन्”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “आवश्यकतानुसार श्यया थप्दै जान्छौँ ।” यसअघि उक्त अस्पतालमा जम्मा आठ श्ययाको आइसोलेसनकक्ष थियो । गत चैत १५ र २० गते भेटिएका दुई कोरोना सङ्क्रमित सोही अस्पतालबाट स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । जसमा बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला र वडा नं ४ की १९ वर्षीया युवती छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका निजी अस्पताललेसमेत आइसोलेसनकक्ष बनाएका छन् । सदरमुकामस्थित निलगिरि अस्पतालले तीन, मुक्तिनाथ अस्पतालले दुई, सफल पोलिक्लिनिकले एक र गलकोट नगरपालिका–३ हटियास्थित आरोग्य अस्पतालले दुई श्यया आइसोलेसनका लागि छुट्याएको छ । कोरोना आशङ्कित बिरामी बढ्दै गएमा आइसोलेसनको क्षमता थप बढाउनुपर्ने कार्यालयले जनाएको छ । धवलागिरि अस्पतालबाहेकका स्वास्थ्य संस्थामा जटिल अवस्थाका बिरामीको उपचारका लागि उपकरण र दक्ष जनशक्तिको भने खाँचो छ ।

कोरोनाको गम्भीर लक्षण भएका बिरामीको उपचारका लागि धवलागिरि अस्पतालले पनि हालै मात्र सघन उपचाररकक्ष ९आइसीयू० र भेन्टिलेटरको प्रबन्ध गरेको छ । “तीन श्ययाको आइसीयू तयार हुँदैछ”, प्रमुख चिकित्सक पोखरेलले भने ।

प्रतिक्रिया