मंगलबार, असार १७, २०८२

वीरगन्ज र नेपालगन्जमा कोरोना संक्रमितका लागि बेड अभाव

नेपालखोज २०७७ जेठ १ गते १६:२९

वीरगन्ज । कोरोना भाइरसका संक्रमितको संख्या बढेपछि पर्सा र बाँकेमा बिरामी राख्ने बेडको अभाव भएको छ ।

आकलन गरिए भन्दा बढी संक्रमित फेला पर्न थालेपछि निश्चित क्षमतासहित सञ्चालन गरिएका कोरोना भाइरस संक्रमितको उपचार केन्द्र (कोभिड अस्पताल) मा बेड अभाव हुन थालेको हो ।

पर्सामा हालसम्म ८५ जना संक्रमित देखिएका छन् । संक्रमितका लागि बेड अभाव भएपछि क्वारेन्टाइन स्थलमै उपचार सुरू गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

कोरोना संक्रमितका लागि ७० बेड तयार गरिएको नारायणी अस्पतालमा बेड अभाव भएपछि कोरोना भाइरसका नयाँ संक्रमितको सिद्धार्थ माविमा बनाइएको क्वारेन्टाइनमा उपचार सुरु गरिएको छ ।

प्रतिक्रिया