गृहद्वारा शनिबारदेखि जिल्लाभित्र सवारी सञ्चालन दिइने पास पनि खारेज गर्ने निर्णय

नेपालखोज २०७७ जेठ १ गते १७:३१

काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा आज बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले शनिबारदेखि लागू हुने गरी यस्तो निर्णय गरिएको बताए ।

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास आजबाट खारेज गरिसकेको छ ।

सवारी पास लिएर हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कडा पार्न निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया