आइतबार, वैशाख १४, २०८२

नेपालका कमलले जिते तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण

नेपालखोज २०७७ जेठ १ गते १८:३७

काठमाडौं । नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् ।

फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् ।

सागका स्वर्ण पदक विजेता कमलले सात दशमलव ६७ अंक ल्याएर पहिलो भए । त्यस्तै जितबहादुर बोटे दोस्रो र पे्रमबहादुर लिम्बु तेस्रो भए ।

महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् । अमेरिकी खेलाडी भन्दा झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जितेकी हुन् ।

प्रतिक्रिया