विशिष्ट व्यक्तित्वलाई नीति तथा कार्यक्रममा बोलाइएन
नेपालखोज
२०७७ जेठ २ गते १६:१८
टंककला तिमिल्सेना,
काठमाडौँ । यस पटकको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा विशिष्ट व्यक्तिलाई बोलाइएको छैन । कोरोना भाइरस संक्रमण जोखिमका कारण यसपल्ट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद्को संयुक्त बैठकमा कूटनीतिक नियोग लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण नगरेको हो ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार भौतिक दूरी कायम गर्नुपर्ने भएकाले उनीहरुलाई आमन्त्रण नगरिएको हो । कार्यक्रममा सांसदबाहेक २९ जना विशिष्ट व्यक्तित्व मात्र आमन्त्रित छन्। त्यस्तै कतिपय सांसदलाई बाल्कोनीमा राख्ने व्यवस्था गरिएको बताइएको छ।
सम्बन्धित

प्रतिक्रिया