मेरो सरकार शब्दमा सुधार, यसपाली नेपाल सरकार
नेपालखोज
२०७७ जेठ २ गते १६:४९
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। सरकारको तर्फबाट राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ। यस क्रममा राष्ट्रपति भण्डारीले यो सरकार, नेपाल सरकार भन्ने शब्दावली प्रयोग गरेकी छन्।
गत वर्ष राष्ट्रपति भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन मेरो सरकार भनेपछि विवादमा तानिएकी थिइन्।
२६ पेजको नीति तथा कार्यक्रम वाचन गर्दा उनले नेपाल सरकार नभनेर बारम्बार मेरो सरकार भनेकी थिइन् । राष्ट्रपतिको भाषण सुरु हुनेबित्तिकै यस विषयमा सामाजिक सञ्जालमा गरमागरम बहस सुरु भएको थियो। कतिपय सांसदले संसद् बैठकमै सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेका थिए।
सम्बन्धित

प्रतिक्रिया