शनिबार, वैशाख १५, २०८१

महत्वकांक्षी शिक्षा नीति

नेपालखोज २०७७ जेठ २ गते १७:२०

टंककला तिमिल्सेना,
काठमाडौँ । सरकारले सभ्य, आशावादी, उद्यमशील नागरिक बनाउन, विषय क्षेत्रगत जनशक्ति तयार पार्न र राष्ट्यि योग्यता प्रारुपको ढाँचा तयार पार्ने भएको छ।

यसका लागि आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।  यस्तै विकास निर्माण र सामाजिक विकासका क्षेत्रमा जनशक्ति अभाव पूरा गर्न विशेष कार्यक्रम ल्याइनेछ।

प्राविधिक क्षेत्रमा उच्च शिक्षाको अध्ययन अध्यापनलाई अनुसन्धानमुखी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी र गुणस्तरीय बनाइनेछ भने गुणस्तरीयताका लागि संयन्त्र बनाइनेछ । यस्तै अन्तर्राष्ट्रिय खालको अध्ययन केन्द्र र मदन भण्डारी अध्ययन अनुसन्धानको भौतिक एवम् संरचनागत सुधार गरिनेछ।

त्रिविको संरचना सुधार गरी शैक्षिक सुधार गरिने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै पाठ्यक्रम समयमापेक्ष बनाइने छ। अनुसन्धान कन्द्र सुदृढ बनाइने नीति तथा कार्यक्रममा छ। यस्तै चिनौं आफ्नो माटो कार्यक्रमलाई निरन्तरता दिइने देशभरका स्नातकहरुलाई स्वयंसेवी रुपमा विद्यालयहरुमा खटाइनेछ।

प्रतिक्रिया