कैलालीको लम्कीलाई औद्योगिक केन्द्र बनाउने सरकारको नीति
नेपालखोज
२०७७ जेठ २ गते १७:५७
टंककला तिमिल्सेना,
काठमाडौँ । सरकारले कैलालीको लम्कीलाई औद्योगिक केन्द्रका रुपमा विकास गर्ने नीति लिएको छ । शुक्रबार सर्वाजनिक गरिएको सरकारको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति समेटिएको छ । हुन त यस पहिलेका सरकारका नीति तथा कार्यक्रममा पनि लम्की क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो तर हालसम्म ग्राउण्ड देखिने गरि कुनै काम भएका छैनन् । औद्योगिक क्षेत्रको ठुलो सम्भावना बोकेको कैलालीको लम्कीलाई नीतिमा समेटेसँगै कार्यान्वयनमा ल्याउन सके औद्योगिक फिल्डमा यस क्षेत्रले राम्रो पक्कड बनाउने देखिन्छ ।
सम्बन्धित

प्रतिक्रिया