शुक्रबार, वैशाख १२, २०८२

ग्रहको शनिदोष हटाउन यसो गर्नुस, यस्तो छ तपाईको आजको राशिफल

नेपालखोज २०७७ जेठ ३ गते ५:५९

शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति र्पुयाउने ज्योतिषशास्त्रीहरुको भनाई छ ।
शनिको साढे सात दशाको दोष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनु पर्छ ।

यदि तपाईमा पनि साढे सातको दशा चलेको छ भने त्यसको दोष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् । यदि साढे सातको दशा चलेको छ भने तपाईको जीवन निकै कष्टकर बन्छ ।

तपाईले चाहेका कुनै पनि काम फत्ते गर्न सक्नुहुन्न । यस्तो दशाको दोष निवारणका लागि शनिबारका दिन फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउँदा लाभ मिल्छ ।

यस बाहेक राशि अनुसार विभिन्न उपायहरु अपनाउँनु पर्दछ ।
साथै आजको दिन बिहानै उठेर पिपलको बोटलाई पानी चढाउनले पनि विषेश लाभ मिल्दछ ।

यस्तो छ तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभपनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिनपनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सेवा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लाभ,हानी,आय,व्यय,सुख,दुस्ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

प्रतिक्रिया