आइतबार, वैशाख १४, २०८२

कोरोना भाइरसको एन्टीबडी आविस्कार गरेको दावी

नेपालखोज २०७७ जेठ ३ गते ७:३१

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा रहेको एक बायो फर्मास्युटिकल कम्पनीले कोरोना भाइरसको एन्टीबडी आविस्कार गरेको दावी गरेको छ ।

अमेरिकी संचारमाध्यम फक्स न्यूजले उसको टिभी च्यानल र पत्रिका दुबैमा प्रकाशित समाचारमा आविस्कार गरिएको एन्टीबडी चार दिनभित्रै कोभिड–१९ संक्रमण निको बनाउने उल्लेख छ । समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ ।

एसटीआई १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आज सांझसम्ममा कम्पनीले नै सार्वजानिक गर्ने तयारी गरेको फक्स न्युजले जनाएको छ ।

यो एन्डबडीको प्रयोगपछि कुनै सोसल डिस्ट्यान्सिंगको प्रयोग गरिरहनु नपर्ने र समाज पूरै पुरानै नर्मल अवस्थामा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.हेनरी जीले दावी गरेका छन् ।

प्रतिक्रिया