आज २७ औं मदन–आश्रित स्मृति दिवस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जननेता मदन भण्डारीको आँधीमय जीवन हामी सबैका लागि प्रेरणाको विषय रहेको बताएका छन् ।
आज २७ औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा वक्तव्य जारी गर्दै अध्यक्षद्धयले जननेता भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वा्धिक लोकप्रिय नेताका रूपमा स्थापित भएको र भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गरेको जनाएका छन् ।
जेठ तीन अर्थात् आजकै दिन जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको चितवनको दासढुङ्गमा भएको रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको थियो ।
यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जीप दूर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ । तर, घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन ।

प्रतिक्रिया