आइतबार, वैशाख १४, २०८२

नौ दिने सुत्केरी महिलाको श्वासप्रश्वास समस्याका कारण मृत्यु ,पिसिआर परीक्षण हुँदै

नेपालखोज २०७७ जेठ ३ गते १४:४५

काठमाडौं । सिन्धुपाल्चोक घर भएकी २९ बर्षिय सुत्केरी महिलाको काभ्रे स्थित धुलिखेल अस्पतालका मृत्यु भएको छ ।

नौ दिन अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलालाई सुत्केरी भए पश्चात घर फर्केकी थिईन । श्वासप्रश्वासमा समस्या भए पछि धुलिखेल अस्पतालमा उपचारका लागि आएकी ती महिलाको अस्पताल आईपुग्दा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।

महिलाको मृत्यु पश्चात कोरोनाका कारण भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएपछि अस्पतालमा त्रास फैलिएको छ । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले सुत्केरी महिलाको मृत्युको कारण खुल्न नसकेको बताएका छन् ।

उनले अस्पताल प्रशासनले श्वासप्रश्वासको समस्या भएका कारण कोरोनाको लक्षण हुन आशंकामा पिसिआर परिक्षण गर्नका लागि शुक्राराज ट्रपिकल अस्पतालमा पठाइएको छ भने सुत्केरीको शव अस्पतालमा नै रहेको छ ।

प्रतिक्रिया