शुक्रबार, वैशाख १४, २०८१

मंगलवार ७.३५ अंकले बढेको बजारमा १ अर्ब ७९ करोडभन्दा बढीको कारोबार, व्यापारिक समूहको परिसूचकमा उच्च बृद्धि

नेपालखोज २०७७ भदौ २३ गते १६:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ७ दशमलव ३५ अंक बढेर बन्द भएको छ । यस दिन सुरुदेखि घटेको बजार अन्तिममा बढेर बन्द भएको हो । केहि समयदेखि बढेको बजारमा नाफा बुक गर्ने हरु हाबी हुदाँ गत बिहीवारदेखिनै बजार ओरालो लागेको थियो । मंगलवार कारोबारको अन्तिम अवधिमा आएर बजार उकालो लाग्नुले सकारात्मक गतिको संकेत गरेको विश्लेषकहरुको भनाई छ ।

यस दिन अघिल्लो कारोबार दिन सोमवारको तुलनामा कारोबार रकम भने कम भएको छ । सोमवार २ अर्ब १६ करोड ४९ लाख ३० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलवार भने १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रूपैया बराबरको शेयर कारोबार भएको छ । यस दिन पनि सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस कम्पनीको २७ करोड ५५ लाख ३९ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । मंगलवारको बजारमा चार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यस दिन साल्ट ट्रेडिङ कपोरेशनको ९ दशमलव ९९ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ९ दशमलव ९३ प्रतिशत , एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९१ प्रतिशत र जोशी हाइड्रोको ९ दशमलव ३० प्रतिशत शेयरमूल्य बढेको छ ।
यो दिन सर्वाधिक मूल्य घट्नेमा एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड रहेको छ । एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको हो । यस दिन कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता ३९३ रूपैयाँ कायम भएको छ ।

मंगलवार १२ समूहमध्य बैंकिङ र होटलको वाहेक सबैको परिसूचक बढेको छ । यस दिन बैंकिङ्को शून्य दशमलव २४ प्रतिशत र होटललको शून्य दशमलव ३३ प्रतिशत परिसूचक घटेको हो । यस दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५८ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७४ प्रतिशत विकास बैंकको शून्य दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव ९७ प्रतिशत, वित्तको शून्य दशमलव ६७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ९९ प्रतिशत, अन्यको १ दशमलव २७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया