कस्तो हलुका योजना : खड्का
टंककला तिमिल्सेना,
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले सरकारले कोरोना संक्रमणलाई हलुका रुपमा लिएर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको टिप्पणी गरेका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि आईतबार संसद बैठकमा यस्तो टिप्पणी गरेका हुन् । उनले विश्वका शक्तिशाली देशलाई कोरोनाले अर्थतन्त्रका क्षेत्रमा त्राही त्राही बनाइरहेका बेला सरकारले नेपालको अर्थतन्त्र अस्तित्वमा राख्ने कुनै ठोस योजना नसमेटेको आरोप लगाए ।
यस्तै, कोरोनाका कारण छिमेकी मुलुकमा रहेका नेपालीलाई समस्यामा भैरहेकाले यसबारे सरकारले कुनै ध्यान नदिएको उनले बताए । महत्वकांछि योजना ल्याएर सरकारले मुलुकलाई समस्याको घेरा बन्दिमा राख्न खोजेको उनको आरोप छ ।
यस्तै, संघँीयताको ढाँचा अनुसारको अभ्यासमा समेत चुकेको वर्तमान सरकारले अहिलेको नीतिमा समेत जनतासँग प्रत्यक्ष जोडिने खास योजना नल्याएको उनले बताए । उनले प्रश्न गरे, अबको निर्वाचनमा सरकारले कुन हिसावले जनतासँग जाने ? समानुपातिक सांसदहरुका विषयमा आर्थिक पक्षलाई जोड्दै उनले सांसद सांसदहरुमा समानता हुनु आवश्यक रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया