शुक्रबार, वैशाख १२, २०८२

स्पेनका अल्वारो लकडाउनमा भोकै परेकालाई खाना ख्वाउन व्यस्त (भिडियो सहित)

नेपालखोज २०७७ जेठ ४ गते १९:१२

प्रकाश वाग्ले,

काठमाडौं । कारोनाको त्रासबाट अहिले विश्वनै आक्रान्त बनेको छ । मानव सभ्यतामाथिकै चुनौतीको रुपमा देखा परेको यो परिस्थितिमा प्राय मानिसहरु आ–आफ्नो जीवन सुरक्षित गर्न नै ब्यस्त रहेका छन् ।

छिमेकीले छिमेकको समेत खोजखबर गर्न नसकेको परिस्थितिमा सात समुन्द्रपारका नागरिक जो नेपालमा नै केही बर्षदेखि बसोबास गर्दै आईरहेका उनीहरु यतिखेर निम्न बर्गिय नागरिकहरुका लागि दैनिक खाना ख्वाउने काममा सक्रिय रहेको छन् ।

नेपालमै रहेका संघसंस्थाहरुले केही ठाउँमा खानाको व्यवस्था गर्दै आईरहेको भएपनि विदेशी नागरिकले स्वस्फूर्त रुपमा यो काम गरेका हुन् । यसरी नेपालीहरुलाई खाना ख्वाउने कार्यक्रमा खटिएका व्यक्ति स्पेनका अल्वारो किन हुन् । स्पेनको बार्सिलोना घर भएका किन सन् २०१५ देखि नेपालको विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको बताउँछन् ।

नेपालका विनाशकारी भूकम्पको समयमा नेपालमा सहयोग गर्दै आईरहेका उनी यतै बस्न रुचाए । उनी भन्छन्, ‘नेपालको नेपालको प्राकृतिक सुन्दरता र यहाँका नागरिकहरुको व्यवहारले मोहनी लगायो । अहिले कोरोना कहरको बर्तमान अबस्थामा काठमाडौंका बिभिन्न स्थानमा दैनिक ८ सय जना मजदूर, सडक बालबालिका, तथा अन्य भोका मानिसहरुलाई कालीमाटीमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएका छन् ।

नेपालमा भन्दा स्पेनमा कोरोनाको कहर भयाबह छ तर तपाइँ नेपालमा सहयोग गरेर बस्नुभएको छ भन्ने नेपाल खोजको प्रश्नमा उनी भन्छन् ,‘किन र कसरी भन्ने भन्दा पनि जन्मभूमिको माया सवैलाई लाग्छ तर मलाई नेपाल र नेपालीको मायाले फर्कने वातावरण नै दिएन त्यसैले यहाँ बसिरहेको छु । ’ नेपालमा अल्वारो किन जस्ता दर्जनौ व्यक्तिहरु विभिन्न सेवामा खटिएको देख्न सकिन्छ । कालीमाटीमा अल्वारो किनका समूहले कसरी भोजन गराईरहेको छ । हेर्नुस भिडियो ।

प्रतिक्रिया