आइतबार, असोज २०, २०८१

कोरोनाले मृत्यु भएका महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ

नेपालखोज २०७७ जेठ ५ गते १२:४६

काभ्रेपलाञ्चोक । कोरोना भाइरस सङ्क्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो । मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य डा. नरेन्द्र झाले बताए । उनका अनुसार १० दिनकी सुत्केरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि उनका आफन्तको परीक्षणका लागि शनिबार स्वाब सङ्कलन गरी आइसोलेशनमा राखिएको थियो ।

मृतकका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पुनः १४ दिनको क्वारेन्टाइनमा राख्नेगरी पठाउन लागिएको झाले जानकारी दिए । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पतालमा पु¥याइएकी ती महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतक परिवारका सदस्यले नै ती महिलाको स्वासप्रस्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पु¥याएका थिए ।

प्रतिक्रिया