मंगलबार, वैशाख ११, २०८१

विपन्नलाई पर्याप्त राहत वितरण भएन

नेपालखोज २०७७ जेठ ५ गते १५:१३

कैलाली । कोरोनाको सङ्कटसँगै समस्यामा परेका विपन्न समुदायका व्यक्तिलाई स्थानीय तहले राहत वितरण गरिरहेका छन् । स्थानीय तहले एक चरणमा विपन्नलाई राहतस्वरुप खाद्यान्न वितरण गरिरहेको भए पनि पाइएको राहत सकिन थालेको विपन्नको गुनासो छ ।

कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले राहत वितरण गर्न बनाइएको मापदण्डका आधारमा प्रतिपरिवारलाई २५ किलो चामल, दुई किलो नुन, एक लिटर तेल, दुई किलो दाल, दुई चक्की साबुन वितरण गरिसकिएको बताए । नगर क्षेत्रका दुई हजार ७० विपन्न घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ, नगर प्रमुख चौधरीले भने, “दोस्रो चरणको राहत बाँड्ने तयारी भइरहेको छ ।”

प्रतिक्रिया