प्रधानमन्त्री ओलीले भोलि संसदमा जवाफ दिने

नेपालखोज २०७७ जेठ ५ गते १७:५८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा जवाफ दिने कार्यक्रम रहेको छ । सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेको प्रश्नको प्रधानमन्त्री ओलीले भोली जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम माथिको छलफल आज सकिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा मंगलबार दिउँसो १२ बजे ओलीले संसदमा नीति कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनेछन् । आइतबार र सोमबार भएको छलफलमा प्रतिनिधिसभाका एक सय १० जना सांसदले भाग लिएका छन्।

आइतबार ३९ जना र सोमबार ७१ जनाले नीति कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । राष्ट्रियसभामा पनि नीति कार्यक्रमकामाथिको छलफल सकिएको छ ।

प्रतिक्रिया